Nepal Purbadhar

१५ वर्षदेखि निर्यातमा अग्रस्थानमा फोटोन, ६.५ लाख युनिट बिक्रीसहित विश्व बजारमा मजबुत उपस्थिति


काठमाडौं । फोटोन मोटर्सले लगातार १५ वर्षदेखि चीनको कमर्शियल भेहिकल निर्यातमा नम्बर १ स्थान कायम राख्दै आफ्नो विश्वव्यापी नेतृत्व पुनः पुष्टि गरेको छ। “ड्राइभ टु ग्रेट” ग्लोबल थिमसहित कम्पनीले सन् २०२५ लाई उल्लेखनीय उपलब्धिसहित समापन गरेको जनाएको छ।

सन् २०२५ मा कम्पनीले विश्वभर ६ लाख ५० हजारभन्दा बढी युनिट बिक्री गर्दै चीनको कमर्शियल सवारी उद्योगमा शीर्ष स्थान सुरक्षित गरेको छ। लाइट कमर्शियल भेहिकल, हेभी–ड्युटी ट्रकदेखि न्यू इनर्जी सोलुसन्ससम्मका उत्पादनमार्फत फोटोनले विभिन्न क्षेत्रका व्यवसायिक आवश्यकतामा सेवा दिँदै आएको छ।

अन्तर्राष्ट्रिय बजार कम्पनीको प्रमुख वृद्धि आधार बनेको छ। सन् २०२५ मा मात्रै १ लाख ६४ हजार ५ सयभन्दा बढी युनिट विदेशमा बिक्री भएका छन्। यससँगै कम्पनीका सवारी साधन १४० भन्दा बढी देशमा उपलब्ध छन्।

जनवरी २०२६ मा मात्रै ५५ हजार ५५३ युनिट बिक्री गर्दै कम्पनीले चीनको कमर्शियल भेहिकल बजारमा अग्रस्थान कायम राखेको जनाएको छ। सोही अवधिमा १५ हजार १०२ युनिट ओभरसिज बिक्री भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २०.२ प्रतिशतले बढी हो।

नेपालमा एमएडब्ल्यु वृद्धि मार्फत फोटोनका सवारी साधन उपलब्ध छन्। देशभर १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्र र १५६ भन्दा बढी CCS2 टाइप डीसी फास्ट–चार्जिङ पोइन्टमार्फत कम्पनीले विद्युतीय तथा कमर्शियल सवारीका ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

कम्पनीले आगामी दिनमा पनि विश्वसनीय, मूल्य–केन्द्रित र भविष्य उन्मुख कमर्शियल सोलुसन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।


Read Previous

सुपर खुदी हाइड्रोपावरको आईपीओ १ घण्टामै सब्स्क्राइभ

Read Next

खोकना विवाद थाती राखेर द्रुतमार्ग अघि बढाउन प्रधानमन्त्री कार्कीको निर्देशन, फर्सिडोललाई वैकल्पिक प्रस्थानविन्दु बनाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar