Nepal Purbadhar

सुपर खुदी हाइड्रोपावरको आईपीओ १ घण्टामै सब्स्क्राइभ



काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला भएको एक घण्टामै पूर्ण रूपमा आवेदन परेको छ। छोटो समयमै आवश्यकभन्दा बढी आवेदन परेपछि कम्पनीको आईपीओ पूर्ण रूपमा सब्स्क्राइब भएको हो।


कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत बराबर हुने ३१ लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासनमार्फत बिक्रीका लागि खुला गरेको थियो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर बाँडफाँट भइसकेको थियो।


बाँकी रहेको १२ लाख ८६ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरिएकोमा लगानीकर्ताको उच्च आकर्षण देखिँदै एक घण्टामै पूर्ण आवेदन परेको कम्पनीले जनाएको छ।
छोटो अवधिमै आईपीओ भरिनुले जलविद्युत् क्षेत्रका कम्पनीप्रति लगानीकर्ताको चासो अझै उच्च रहेको संकेत गरेको छ।


Read Previous

सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar