Nepal Purbadhar

सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला


काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज (मंगलबार)देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत बराबर हुने ३१ करोड रुपैयाँ मूल्यको साधारण सेयर सार्वजनिक निष्कासनमार्फत बिक्री गर्न लागेको हो। प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ कायम गरिएको छ।

कुल ३१ लाख कित्ता सेयरमध्ये १५ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई यसअघि नै वितरण गरिसकिएको कम्पनीले जनाएको छ। त्यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर र सामूहिक लगानी कोषका लागि आरक्षित सेयरसमेत बाँडफाँट भइसकेको छ।

अब बाँकी रहेको १२ लाख ८६ हजार ५ सय कित्ता साधारण सेयर (कर्मचारीका लागि छुट्याइएको ३१ हजार कित्ता बाहेक) सर्वसाधारणका लागि निष्कासन गरिएको हो।

कम्पनीका अनुसार लगानीकर्ताले प्रति सेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।


Read Previous

काठमाडौँ महानगरका १० वडाबाट भू–सेवा तथा भू–सूचना प्रणाली नमूनाका रूपमा सुरु गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar