Nepal Purbadhar

काठमाडौँ आइपुगे चिनियाँ राजदूत


काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ कार्यभार सम्हाल्न शुक्रबार काठमाडौं आइपुगेका छन् ।

राजदूत चाङ एअर चाइनाको सीए–४३७ उडानमार्फत बिहान करिब साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको जनाइएको छ । उनी गत जनवरीको सुरुआतमा चिनियाँ विदेश मन्त्रालयअन्तर्गत एसियाली मामिला विभागका उप–महानिर्देशकबाट नेपालका लागि राजदूत नियुक्त भएका थिए ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार काठमाडौं आगमनपछि उनले चाँडै नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम रहेको छ ।

कूटनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका चाङलाई नेपालका आन्तरिक तथा क्षेत्रीय विषयबारे जानकारी राख्ने चिनियाँ कूटनीतिज्ञका रूपमा चिनिन्छ ।


Read Previous

जलविद्युत् क्षेत्रमा महिलाको उपस्थिति अझै न्यून: संरचना र सोच परिवर्तनको खाँचो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar