Nepal Purbadhar

गहना पोखरीलाई पुरानै शैलीमा गरिँदैछ पुनर्निर्माण


काठमाडौ । काठमाडौंको हाडीगाउँमा रहेको प्रसिद्ध ऐतिहासिक सम्पदास्थल मध्ये एक गहना पोखरीको अहिले धमाधम पुनर्निर्माण चलिरहेको छ। सम्पदा क्षेत्र संरक्षण र सहरी विकास कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकाको पहलमा यहाँ पुनर्निर्माणको काम भइरहेको छ।

क्षमा पूजा गरी काठमाडौं महानगरपालिकाको पहलमा पोखरी र आसपासको क्षेत्रको संरचनाको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ। करिब ५२ देखि ५५ लाख खर्च गरेर यस पोखरीलाई पुरानै शैलीमा निर्माण गरिनेछ ।

साथै फुटपाथ अलि ठूलो बनाउने, फाल्चा बनाउने, बालमैत्री क्षेत्र र हरियाली क्षेत्र बढाउने सहितका पर्यटक सहायताका केन्द्र स्थापना लगायतका काम भइरहेका छन् । तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

फोटोन धनगढीमा: क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar