
काठमाडौ । काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म व्यवस्थित साइकल लेन र फुटपाथ विस्तार सुरु गरेको छ ।

यस अघि सडकमै हरियो रेखा कोरी छुट्याइएको साइकल लेन जोखिमपूर्ण र अव्यवहारिक भएको भन्दै महानगरले साइकल लेनलाई व्यवस्थित र सुरक्षित गरेको हो । चौडा फुटपाथ सँगै साइकल लेन निर्माण गरिएको हो ।

माइतीघरदेखि तीनकुने पुलसम्मको साढे दुई किलोमिटर सडक खण्डमा सुरक्षित साइकल लेन र व्यवस्थित पैदलमार्ग निर्माण गरिँदै छ।

हाल महानगरले सुरुवात गरेको सो योजना अन्यत्र पनि विस्तार गरिने जानकारी दिएको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


