Nepal Purbadhar

बिहानदेखि धुम्म काठमाडौँ उपत्यका, केहि केही स्थानमा हल्का वर्षा

default


काठमाडौं । नेपालमा न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली भएको छ।
बुधबार बिहानदेखि नै देशका उच्च भू–भाग, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षासहित हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ।


बिहानैदेखि काठमाडौँ उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ, जसका कारण दैनिक जनजीवन प्रभावित भएको छ।


यसैबीच, काठमाडौँ उपत्यकाको वायु गुणस्तर खराब बनेपछि घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न विज्ञहरूले सल्लाह दिएका छन्।
स्विस वायु प्रदूषण मापन एप ‘आईक्यूएयर’का अनुसार काठमाडौँको वायु गुणस्तर ‘अति अस्वस्थकर’ स्तरमा पुगेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

default

Read Previous

सिंहदरबारमा जम्मा गरियो आगामी निर्वाचनका लागि भारत देखि उपहार आएका गाडीहरु

Read Next

निर्वाचन आयोगमा चुनावका लागि व्यस्त कर्मचारीहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar