Nepal Purbadhar

तीन कम्पनी कालोसूचीमा, सार्वजनिक खरिदमा भाग लिन नपाउने


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायसँग गरिएको सम्झौताअनुसार काम सम्पन्न नगरेको भन्दै तीन वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम मिति २०८२ माघ १२ मा सूचना प्रकाशित गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो।

सूचनाअनुसार सर्लाहीस्थित चन्द्रनगर गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयसँग सम्झौता गरेको सीताप्रिया कन्स्ट्रक्सन प्रा.लि. लाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। उक्त कम्पनी सर्लाही–६ छ ।

त्यसैगरी, मेघी करिडोर (जाङकोट–दुने–मैरिम–सिङ–थी) सडक योजना, जाजरकोट सँग सम्बन्धित सम्झौतामा काम पूरा नगरेको भन्दै मेन्कुली रिसे जि.एम., बुढानिलकण्ठ–१०, काठमाडौं र मेन्कुली निर्माण सेवा, विराटनगर लाई दुई वर्ष छ महिनाका लागि कालोसूचीमा राखिएको छ।

यस्तै, दाङको मालीकाजुन गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयसँग सम्झौता गरेको ओम अटो ल्याब प्रा.लि., सुन्दरहारा नगरपालिका–२, मोरङ लाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ।

कालोसूचीमा परेका यी कम्पनीहरूले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।


Read Previous

साँगामा १ किमी लामो अन्डरपास निर्माण तीव्र, कहिले तयार होला?

Read Next

झापा–५ मा रास्वपाको बिहानको घरदैलो कार्यक्रम सम्पन्न, दिउँसो पुनः कार्यक्रम तय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar