काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत पुनको राजीनामाबारे जानकारी दिएका हुन्।
खनालले फेसबुकमा उल्लेख गरेका छन्, “आफ्नो अभियानमा सक्रिय हुन महाविर पुनले मन्त्री पदबाट राजीनामा दिनुभएको छ।”