Nepal Purbadhar

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्रीको राजीनामा


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लड्ने तयारीसहित पदबाट राजीनामा दिने भएका छन् ।

खरेलले आज साँझ विशेष पत्रकार सम्मेलनमार्फत राजीनामाको औपचारिक घोषणा गर्ने कार्यक्रम छ । रास्वपा स्रोतका अनुसार उनी ललितपुर–२ बाट उम्मेदवार बन्ने भएपछि मन्त्री पद छोड्न लागेका हुन् ।

मन्त्री खरेल राजीनामा पत्रसहित प्रधानमन्त्री कार्यालय पुगेका छन् । राजीनामा स्वीकृत भएपछि मन्त्रालयमा विशेष पत्रकार सम्मेलन तथा विदाइ कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ ।


Read Previous

पीटीसीसंग १८० मेगावाट बिजुली ल्याउने निर्णय बोर्डबाट सदर, बोर्डबाट अनुमति नै नलिइ भइरहेको थियो आयात

Read Next

डेडिकेटेड ट्रंकलाइन विवाद: पुनरावलोकन ब्युताउन पक्षमा शाक्य, बोर्डले के भन्यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar