
काठमाडौं । काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा चिसोका कारण बिजुलीको माग बढ्दा प्राधिकरणलाइन व्यवस्थापनको सकस भएको छ ।
चिसोका कारण एसी,हिटरलगायतका घरायसी उपकरणहरुको प्रयोग प्राधिकरणलाइ व्यवस्थापनमा सकस भएको हो ।
गएको वर्ष करिब ४५० मेगावाट पीक डिमाण्ड पुगेको काठमाडौं उपत्यकामा यो वर्ष ५०० मेगावाटभन्दा माथि पीक डिमाण्ड रेकर्ड भएको छ । उपत्यकामा अत्यन्त पूरानो प्रणाली रहेका कारण वितरण प्रणाली ओभरलोड हुँदा बत्ती जाने /आउने समस्या बढेको हो । ‘चिसो कारण केहि समस्या भएको हो । अझै एक साता व्यवस्थापन कठिन छ । त्यसपछि ठीक हुन्छ,’ नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले भने, ‘केहि प्राविधिक समस्याहरु पनि रहेछन् । म फिल्डमै गएर ती समस्या समाधानका लागि काम गरे । अहिले समस्या केहि हटेको पक्कैछ ।‘
उनले भारतबाट समेत बत्ती आयात गरेर व्यवस्थापन गरिरहेको बताए । उपत्यकामा ५० मेगावाटमाथि बत्ती खपत बढ्ने वित्तिकै वितरण प्रणालीका कारण वितरण कठिन हुन जान्छ । अण्डरग्राउण्ड केबलिङको काम सकिएपछि भने यो समस्या पूर्ण रुपमा हट्ने छ ।
