
काठमाडौै । सिंगटी हाईड्रो इनर्जी लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच हकप्रद साधारण शेयर निष्काशन तथा विक्री प्रबन्धसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा सिंगटी हाईड्रो इनर्जीका प्रबन्ध संचालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
कम्पनीको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको १:१ अनुपातमा रू. १०० अंकित दरका जम्मा ३,०४,५०,००० कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्ने निर्णय पारित भएको थियो।
कम्पनीले यस निष्काशनबाट प्राप्त रकम अन्य हाइड्रोपावर कम्पनीहरूमार्फत प्रवर्धन गरेको ६१.११ मेगावाट क्षमताको नारखोला जलविद्युत आयोजना ८६.५९ मेगावाट क्षमताको लान्द्रुक मोदी जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ।
सिंगटी हाईड्रो इनर्जीका प्रबन्ध संचालक सुदिप खड्काका अनुसार, यस शेयर निष्काशनले कम्पनीको विकास परियोजनामा थप वित्तीय बल पुर्याउनेछ।









