Nepal Purbadhar

भोलिदेखि नै मेरो राजनीतिक जीवन सुरु हुन्छ : कुलमान घिसिङ



काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले भोलिदेखि आफ्नो राजनीतिक जीवन औपचारिक रूपमा सुरु हुने बताए ।


प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै घिसिङले अन्तरिम सरकारमा जिम्मेवारी सम्हाल्ने अवसर पाएकोमा आभार व्यक्त गर्नुभयो। उहाँले छोटो अवधिमा पनि देशका लागि इमान्दारितापूर्वक काम गर्ने प्रयास गरेको उल्लेख गरे ।


‘अब भोलिदेखिनै मेरो राजनीतिक जीवन सुरु हुन्छ,’ घिसिङले भने, ‘देश र जनताको हितका लागि अझ व्यापक रूपमा काम गर्ने संकल्पका साथ म राजनीतिमा अघि बढ्दैछु।’


Read Previous

कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने, बोलाए आकस्मिक पत्रकार सम्मेलन

Read Next

जेनजी आन्दोलनको शहीद परिवारका सदस्यलाई विद्युत प्राधिकरणमा जागिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar