Nepal Purbadhar

कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने, बोलाए आकस्मिक पत्रकार सम्मेलन



काठमाडौं । चुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने भएका छन्। उनको सचिवालयले घिसिङले राजीनामा दिने तयारी गरेको जानकारी दिएको हो। अहिले राती ९ बजे पत्रकार सम्मेलन गरेर राजिनामा दिन लागेका हुन ।


घिसिङले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात; तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।


राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्ने घोषणा गरेपछि घिसिङलाई मन्त्री पदबाट राजीनामा दिनुपर्ने दबाव बढ्दै गएको थियो। सोही दबावका बीच उनले राजीनामाको निर्णय गरेको सचिवालयको भनाइ छ।


Read Previous

माघे सङ्क्रान्ति नजिकिँदै गर्दा परम्परागत चाकु बनाउन ब्यस्त छन् ललितपुरका व्यवसायी

Read Next

भोलिदेखि नै मेरो राजनीतिक जीवन सुरु हुन्छ : कुलमान घिसिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar