
काठमाडौ । गैरीगाउँस्थित काठ गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । यो गोदाम ईश्वरबहादुर कार्कीले सञ्चालन गर्दै आएका थिए। गोदाममा विदेशबाट आयात हुने सामानहरू ल्याउँदा प्याक गर्ने काठका बक्साहरु राखिएको थियो ।

११ वटा दमकल सहित तीनवटा पानी ट्यांकर प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । आगलागी २ घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट लोयला स्कुलको भवन र केही घरमा पनि क्षति पुगेको छ ।

नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासपछि आगोलागी नियन्त्रणमा आएको हो।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी










