
काठमाडौं । नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्राण्ड एम्बासडर घोषणा गरेको छ । पौडेलको कप्तानीमा हालै लुम्बिनी लायन्सले एनपीएल सिजन-२ को उपाधि जितेको थियो ।

यो उपलब्धिको सम्मान गर्दै एसपीजी अटोमोबाइल्सले पौडेललाई जे फाइभ ईभी गाडी प्रदान गरेको छ । साथै गाडीमा लाग्ने कर पनि कम्पनीले नै तिरिदिने भएको छ ।
कम्पनीले यसअघिका ब्राण्ड एम्बासडर दीपेन्द्र सिंह ऐरीलाई सम्मान पनि गरेको छ ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी













