Nepal Purbadhar

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ रंगशालामा हुँदैछ ।

यसपटक त्रिविका १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ । दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी हुने जनाइएको छ । समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका विद्यार्थी सहभागी हुन पाउने छन् ।

विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका थिए।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

जलाशययुक्त विद्युत आयोजनाका लागि नयाँ पीपीए निर्देशिकाको ड्राफ्ट सार्वजनिक, दर निर्धारणदेखि पुनरावलोकनसम्म कडाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar