
काठमाडौ । भाद्र २४ गते जेन जी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय पुन: निर्माण धमाधम भाई रहेको छ ।

प्रदर्शनकारीहरु गरेको आगजनीका कारण कार्यालयको सम्पूर्ण भाग जानेर नष्ट भएको थियो ।

अनुगमन टोलीका अनुसार भवन पुनः निर्माणका लागि अनुमानित खर्च भवनको सवलीकरणको मात्रै १४ करोडको छ ।
डकुमेन्ट र मेसिनरीको ७ करोडबराबरको जलेको अनुमान छ, ९९ वटा एसी थिए । १५० वटा कम्युटरजस्ता सामान पनि जानेको थियो ।

भवन पुनः निर्माणका लागि नेपाली कांग्रेसले जक्रियाशील सदस्य, जिल्ला, प्रदेश, केन्द्रीय समितिका सदस्य तथा नेताहरूसँग पैसा उठाउने निर्णय गरेको छ ।

तस्बिर : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी ।















