
काठमाडौ । भाद्र २४ गतेको जेन जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा गरिएको आगजनी र सिंहदरबार भित्र बन्दै गरेको नयाँ संसद भवनको निर्माण कार्य अहिलेसम्म पनि सम्पन्न नहुँदा संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि सभा हल निर्माणको कार्य तीव्र पारिएको छ ।

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक हकलाई मर्मत र बिस्तार गरी राष्ट्रिय सभा बस्ने गरी व्यवस्था मिलाउने काम भइरहेको छ ।

निर्माणाधीन सो बैठक कक्षमा बैठक हलसँगै राष्ट्रिय सभा अध्यक्ष, प्रधानमन्त्री, मन्त्री र सांसद जाने बाटो पनि तयार गरिँदैछ भने दर्शकदीर्घा, सञ्चारकर्मी बस्ने गरी तयारी गरिँदै छ ।

सो सभा हल पुस १५ भित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी काम भइरहेको छ । बैठक कक्ष निर्माण सम्पन्न भइसकेपछि माइक र क्यामेरा जडान कार्य अगाडी बढाउने छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।











