काठमाडौं । रिहाइ प्रक्रिया पूरा गर्न रुपन्देही जिल्ला अदालत जान भनेर त्रिभुवन विमानस्थल पुगेका रास्वपा सभापति रवि लामिछाने मौसमका कारण भैरहवाको उडान हुन नसकेपछि चितवनको भरतपुर प्रस्थान गरेका छन् । त्यहाँबाट उनी गाडीमा भैरहवा पुग्ने बताइएको छ ।