Nepal Purbadhar

काेशी टप्पु: नेपालकाे पहिलाे रामसार क्षेत्र, तस्बिरमा हेर्नुस्


काठमाडौं । संसारभरी सिमसार क्षेत्रको जैबिक विविधता र त्यहाँको पारिस्थितिक पद्धतिको संरक्षणका लागि सन् १९७१ मा इरानको रामसार भन्ने शहरमा रामसार सन्धि भएकाे थियाे ।

हाल नेपालमा भएकाे १० वटा रामसार क्षेत्र मध्य कोशी टापु बन्यजन्तु आरक्षण पहिलो रामसार क्षेत्र हो ।

सन् १९८७ मा रामसार क्षेत्र घोषणा गरिएको यसको कुल क्षेत्रफल १७६ वर्ग किलाे मिटर रहेको छ ।

यहाँ ५०० भन्दा बढी प्रजातिका रैथाने र बसाईँ सर्ने चराहरु पाईन्छ । नेपालमा जंङली भैंसी (अर्ना) यस क्षेत्रमा मात्र पाईन्छ । यहाँबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका अर्नाहरु भने त्यहाँ बाच्न सकेनन् ।

काेसी टप्पुमा जंङ्गली हात्ती, फ्याउरो, निलगाई, मलहा बिरालो, डल्फिन, मृग जस्ता जनावरहरु पाइन्छ । सप्तकोशी नदीले कटान गरेर बनाएको यो संरक्षण क्षेत्र चरा पर्यटनको लागि प्रख्यात छ ।

नेपालमा अर्नाहरुको अन्तिम बिचरण गर्ने यस ठाउँमा अहिले भने खुला रुपमा घरपालुवा भैसीहरुसँग क्रस ब्रिड हुने हुनाले अर्नाहरुको वंशाणु खतरामा परेको देखिन्छ । मान्छेहरुसँगको बढ्दो द्वन्द, सप्तकोशी प्रदुसण, अनियन्त्रित रुपमा माछा मार्ने, चराहरुको शिकार गर्ने, जस्ता घटनाहरुले हाल भने यस क्षेत्रको जैविक विविधतामा नकारात्मक असर पारेको देखिन्छ ।

तस्बिर : दृष्टान्त बिडारी/ नेपाल फोटो लाइब्रेरी ।


Read Previous

संसदीय सेवा दिवस आज, जेन जी आन्दोलनका क्रममा आगजनीबाट भग्नावशेष भएको संघीय संसद भवन तस्बिरमा हेर्नुस्

Read Next

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण अलपत्र, अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन: कुलमान घिसिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar