Nepal Purbadhar

कुलमान र हितेन्द्रको भेट, कुलमानले भने-मलाइ रिजल्ट चाहिन्छ


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङसंग भेट गरेका छन् ।

सर्वोच्च अदालतले पुनर्स्थापन गरेपछि भेट भ एको हो । बुधबार शाक्यले पदबहाली गरेका थिए । बिहिबार उनी मन्त्री भेट्न सिंहदबार पुगेका हुन् ।

भेटमा शाक्यले यस अघि पनि मिलेर काम गरेकाले कुनै समस्या नहुने बताएका थिए । उनले मन्त्रीको निर्देशन अनुसार नै काम गर्ने बताएका थिए । पदबहाली लगत्तै उनले मिलेर काम गर्ने बताएका थिए ।

मन्त्री घिसिङले सुरुमा सहमति नै जल तथा ऊर्जा आयोगमा सरुवा गरेको भन्दै अदालत गएको फर्किएको कुरा निकालेका थिए । उनले अदालतबाट परमादेश ल्याएर फर्किएमा घमण्ड नगर्न चेतावनी दिएका थिए ।

उनले आफूलाई रिजल्ट चाहिने भएकाले त्यस अनुसार काम गर्न निर्देशन दिए ।


Read Previous

कञ्चनपुरको मोहना नदी—दैजी सडक निर्माणको ठेक्का तोडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar