Nepal Purbadhar

नेपाल-बंगलादेश सचिवस्तरीय बैठक आजबाट सुरु, सुनकोसी तेस्रो देखि थप बिजुली निर्यातका एजेण्डा


काठमाडौं । नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय बैठब आजबाट सुरु हुँदैछ ।

बैठकमा भाग लिन ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव चिरञ्जीवी चटौत नेतृत्वको टोली बंगलादेश पुगेको छ । आज सहसचिवस्तरीय बैठक हुनेछ । उक्त बैठकमा छलफल भएपछि भोलीको सचिवस्तरीय बैठकले त्यसलाई अनुमोदन गर्नेछ ।

ऊर्जा मन्त्रालयका सचिव चटौतका अनुसार सुनकोसी तेस्रो जलविद्युत आयोजना सयुक्त रुपमा बनाउने विषयमा छलफल हुनेछ । बंगलादेश र नेपालबीच यो जलविद्युत आयोजना सयुक्त कम्पनी बनाएर निर्माण गर्न सहमति भइसकेको छ । यसका लागि सयुक्त कम्पनी बनाउन छलफल हुनेछ ।

६८३ मेगावाटको यो आयोजनाको अध्ययन पूरा भएको छ । अहिले नेपाल विद्युत प्राधिकरणसंग यो आयोजनाको जेनेरेसन लाइसेन्स छ ।

प्राधिकरण र बंगलादेशको सरकारी कम्पनीले मिलेर बनाउनेछन् । यो आयोजनामा १ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अमान छ ।

चरम ऊर्जा संकटमा रहेको बंगलादेशले यो आयोजनामा लगानी गरेर बिजुली लैजान चाहेको छ ।

नेपाल र बंगलादेशबीच विद्युत व्यापारमा ब्रेक थ्रु भइसकेको छ । गएको बर्खामा बंगलादेशले ४० मेगावाट बिजुली नेपालबाट लगेर ब्रेक थ्रु गरेको हो । भारत र बंगलादेशबीच रहेको प्रसारणलाइनमा ओभरलोड रहेका कारण थप बिजुली पठाउन सकिएको छैन् । नेपालले बर्खामा १००० मेगावाट बढी बिजुली सरप्लस हुने अवस्था छ । उक्त बिजुली नेपाल भारत र बंगलादेश निर्यात गर्न चाहान्छ । थप बिजुली बंगलादेश पठाउन छलफल गर्ने र भारतलाई दुवै देश मिलेर मनाउने एजेण्डामा छलफल हुनेछ ।

बिजुली निर्यात गर्न सकिने प्रसारणलाइन पोइन्टहरु पहिचान गर्ने विषयमा समेत छलफल हुनेछ । साथै एक अर्काले ऊर्जा क्षेत्रमा हासिल गरेको अनुभव साटा साट हुनेछ ।

बैठकमा भाग लिन ऊर्जा मन्त्रालयका सचिव चटौत,सहसचिव सन्दीप देव,प्राधिकरण कार्यकारी निर्देशकलगायतको टोली

बंगलादेश पुगेको छ ।


Read Previous

सरकारको एउटा निर्णयले रोकिएका २०० जलविद्युत आयोजना निर्माणको बाटो खुल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar