Nepal Purbadhar

७ लाख थान विद्युतीय राहादानी किन्ने सरकारको निर्णय


काठमाडौं । सरकारले ७ लाख थान विद्युतीय राहादानी खरिद गर्ने निर्णय गरेको छ ।

अन्तरिम अवधिका लागि हालकै आपूर्तिकर्ता कम्पनीसंग ७ लाख थान राहादानी खरिद गर्न लागेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि सात लाख थान विधुतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसंग भेरियसन आदेशबाट खरिद गर्न राहदानी बिभागलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

राहदानीको हाहाकार भएपछि सरकारले सम्झौता रद्द भइसकेको फ्रान्सेली कम्पनीसँगै अन्तरिम अवधिका लागि राहदानी खरिद गर्ने तयारी गरेको हो ।

राहदानी विभागले ६४ लाख विद्युतीय राहदानी खरिदको ठेक्का लगाएको छ । तर ठेक्का पाएको कम्पनीलाई डेलिभरी गर्न समय लाग्ने भएकाले ७ लाख राहदानी खरिद गरेर तत्काललाई व्यवस्थापन गर्न लागिएको हो ।

राहदानी विभागले मापदण्ड नै नपुग्ने कम्पनीलाई सेटिङमा ठेक्का दिएका कारण समस्या भएको हो ।

यो पनि पढ्नुहोस्


Read Previous

मन्त्री कुलमान घिसिङले गरे सिरहा–धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन समस्या ग्रस्त पुलको स्थलगत निरिक्षण

Read Next

गोल्याण ग्रुपद्धारा ‘किड्स प्ले–डेट’ आयोजना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar