Nepal Purbadhar

च्छो रोल्पा पदयात्रा: प्रकृति, संस्कृति र हिमाली जीवनशैली नजिकबाट बुझ्ने अवसर


काठमाडौ । विश्व प्रसिद्ध च्छो रोल्पा पदमार्ग दोलखा जिल्लामा पर्दछ । यो पदमार्गको मुख्य आकर्षण च्छो रोल्पा हिमताल हो । यो हिमताल समुन्द्री सतहबाट ४५०० मिटर उचाईमा अवस्थित रहेको छ ।

च्छो रोल्पा पदमार्गमा यात्रा गर्नका लागी काठमाडौँबाट छेतछेत गाउँसम्म मोटरमा यात्रा गर्न सकिन्छ । त्यहीँबाट पदयात्रा सुरु हुन्छ । यात्रामा उकालो बाटोको यात्रा गर्नुपर्छ । तथापी, यात्राले दिने आनन्द भने एकदमै फरक, रमाइलो र अविस्मरणीय रहनेछ ।

सिमि गाउँ, सुरमुचे, क्याल्चे, दोङवाङ, थामदिङ, बेदिङ र ना गाउँ पदमार्गका बस्तीहरु हुन् । यी गाउँहरू अत्यन्तै सुन्दर छन् । ना गाउँ अन्तिम मानव बस्ती हो । जहाँ पर्याप्त मात्रामा होटल र होमस्टे भेटिन्छन् । त्यहीँबाट च्छो रोल्पा पुग्न सहज हुन्छ ।

यात्रा गर्दा गौरीशंकर हिमाल ऐना झै टल्किरहन्छ । जसले यात्राको सौन्दर्य झनै बढाइदिन्छ । च्छो रोल्पा पदमार्गको अर्को विशेष आकर्षण दुधकुण्ड हो । जुन च्छोरोल्पा ताल भन्दा करिब ३०० मिटर माथी उचाईमा अवस्थित रहेको छ । यहाँबाट रोल्वालिङ भ्याली र हिमशृङ्खलाहरू स्पष्टसँग देख्न सकिन्छ । जसको सुन्दरताले सबैलाई मनमोहित बनाउछ ।

काठमाडौँबाट ६ दिनमा च्छो रोल्पा यात्रा पूरा गर्न सकिन्छ । जहाँबाट अन्य पदमार्गहरुमा समेत थप यात्रा गर्न सकिन्छ । च्छोरोल्पा यात्रा केवल हिमताल हेर्ने उद्देश्य मात्र नभइ, प्रकृति, संस्कृति र हिमाली जीवनशैलीलाई नजिकबाट बुझ्ने अद्भुत अवसर पनि हो ।

शब्द/तस्बिर: पबिना खड्का/नेपाल फोटो लाइब्रेरी


Read Previous

ट्रली बस ब्युत्याउने योजनामा कुलमान, एडीबीसंग मागे अध्ययनका लागि सहयोग

Read Next

हुलासपछि अशोक स्टीलले तिर्‍यो दोस्रो किस्ताबापत ६३ लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar