Nepal Purbadhar

बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु



काठमाडौ । बागमती नदीको गुह्ेश्वरी–गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ । गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई मंगलबार हटाइएको छ ।


ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिवार बागमती नदी करिडोर क्षेत्रको स्थलगत निरीक्षण गरी नदीलाई सफा राख्न किनारमा राखिएका बेवारिसे सवारी साधन तत्काल हटाउन र ढल व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।


जम्बुडाँडामा करिब १२० मिटर जाम हुँदा ढल बागमती नदीमा सिधै मिसिएको छ । ढल फुटेका कारण सडकमा पनि क्षति पुगेको छ । ढल मर्मत पनि सुरु गरिएको छ । साथै, गुह्ेश्वरीबाट माथिल्लो तटीय क्षेत्रमा नदी थ्रुपिएको बालुवा तथा फोहोर पनि हटाइने भएको छ । यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आवश्यक तयारी गरिरहेको छ ।


Read Previous

एसेम्बल उद्योगलाई व्यापारिक ग्राहकमा राखेर छुट बिल काट्ने निर्णय पुनर्विचार हुने

Read Next

एनपीएलको आधिकारिक ल्युब्रिकेन्ट पार्टनरमा एचपी ल्युब्रिकेन्ट्स, एमए डब्ल्युले घोषणा गर्‍यो विशेष साझेदारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar