Nepal Purbadhar

पहेँलो पुलमा बन्दैछ २ करोड १३ लाखको स्पोर्टस् पार्क


काठमाडौ । काठमाडौं महानगरपालिका-५ पहेँलो पुलमा स्पोर्टस् पार्क निर्माणको काम जारी छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले पार्क बनाउन थालेको हो ।

स्पोर्ट्स पार्कमा फुटबल कोर्ट, बास्केटबल कोर्ट, खानेपाटी ट्यांकी तथा धारा, ट्वाइलेट लगायत निर्माण हुनेछन् । बालाजु निर्माण सेवाले २ करोड १३ लाख रुपैयाँमा पार्क निर्माणको ठेक्का लिएको छ । २०८१ साउन १६ गते काम सुरु गरिएकोमा २०८२ जेठ ३० गतेभित्र सम्पन्न गर्ने सम्झौता भएको छ ।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी


Read Previous

दीपक खड्काको कम्पनीले स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा काठमाडौं महानगरपालिले चलायो डोजर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar