Nepal Purbadhar

त्रिवि क्रिकेट मैदानको काम धमाधम: एनपीएलका २३ खेल फ्लडलाइटमा हुने

TU cricket stadium


काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ । यही मंसिरमा हुने एनपीएल भन्दा अघि नै रंगशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको हो ।

TU cricket stadium


रंगशालामा प्यारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ भने फ्लडलाइटको ६ वटै पोल उठाइसकिएको छ । लाइट जडानको काम धमाधम हुँदैछ।

रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०-३० टनका हाइमास्ट लाइट जडान भइरहेका छन् अब हुने एनपीएलको दोस्रो संस्करण खेल यहि मंसिर १ गतेबाट सुरु हुँदैछ। यसमा उपाधिका लागि ८ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

TU cricket stadium

यसपालीको खेल तालिका पनि सार्वजनिक भएको छ भने तालिका अनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रंगशालामा फ्लडलाइटमा पनि खेलिने भएको छ।
तालिकाअनुसार एनपीएलको लिग चरणका १९ खेलहरू फ्लडलाइटमा खेलिनेछन् र प्लेअफका ३ तथा फाइनल खेल फ्लडलाइटमा हुनेछन्।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

TU cricket stadium
TU cricket stadium
TU cricket stadium
TU cricket stadium

Read Previous

सोलु हाइड्रोले आइपिओ निष्कासनको लागि पायो अनुमति

Read Next

कसमस सिमेन्टले तिर्यो पहिलो किस्ता बापत ३४ लाख ९० हजार, जोडियो लाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar