Nepal Purbadhar

५००० मेगावाटका जलविद्युत आयोजनाको पीपीए गर्ने तयारीमा प्राधिकरण, अर्थलाई सोध्यो- ‘टेक अर पे की टेक एण्ड पे’


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले करिब ५००० मेगावाट क्षमताका विभिन्न प्रकृतिका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्ने तयारी गरेको छ ।

प्राधिकरणले यस अघि ५००० मेगावाटको पीपीए खोल्ने निर्णय गरिसकेको छ । उक्त निर्णयलाई कार्यान्वयन गर्ने तयारीमा प्राधिकरण लागेको हो । प्राधिकरणले पीपीए गर्नु अघि अर्थ मन्त्रालयसंग स्वीकृति मागेको छ । प्राधिकरणले अर्थ मन्त्रालयसंग टेक अर पे अथवा टेक एण्ड पेका विषयमा सहमति मागेको हो । चालु वर्षको बजेटमा टेक एण्ड पे मा पीपीए गर्ने उल्लेख थियो । तर पछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले उक्त विषय हटाएर निजी क्षेत्रसंग टेक अर पे मा नै जलविद्युतको पीपीए गर्ने बताएका थिए ।

‘हामीले पीपीए गर्ने तयारी गरेका छौं तर बजेटमा टेक एण्ड पे आएकाले अर्थ मन्त्रालयको सहमति खोजेका हौं । अर्थको सहमति आयो भने हामी टेक अर पे मा धमाधम पीपीए गर्न थाल्छौं,’ प्राधिकरणका एक इन्जिनियरले बताए ।

प्राधिकरणले यस अघि नै ४ हजार ९६५ मेगावाट क्षमताका ५४ वटँ जलविद्युत आयोजनाको पीपीएका लागि सूचना निकालेको छ । सोही सूची अनुसार पीपीए हुनेछ ।


Read Previous

काठमाडौं उपत्यकाको फोहोर फाल्न भइरहेको अवरोध हट्यो

Read Next

बाह्रबिसे नगरपालिकामा अख्तियारको टोलीद्वारा छापा, ५ करोडको हिसाब भेटिएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar