
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आज सुरु हुँदैछ । बैठक कार्तिक १४ गते सम्म मिराकल भेन्युमा चल्नेछ । बैठकमा भाग लिन अध्यक्ष माधव कुमार नेपाल लगायत बैठक स्थलमा पुगेका छन् ।

अध्यक्ष नेपाल सरकारी सुरक्षा विना नै बैठकस्थलमा देखिएका छन् । सरकारले पूर्व प्रधानमन्त्री समेत रहेका नेपालका सबै सुरक्षाकर्मी फिर्ता गराएको छ । उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर अध्यक्ष नेपाल रिहा भएका थिए ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी














