
काठमाडौ । आज यम पञ्चकको प्रमुख दिन भाइटीका ।
दिदीबहिनीहरुले दाजुभाइलाई सप्तरंगी टीका र माला लगाई स्वास्थ्य, दीर्घायुको कामना गरी मनाइने प्रचलन रहि आएको छ। तर दिदीबहिनीहरु नहुने दाजुभाइले रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरमा गएर टीका ग्रहण गर्ने गर्दछन् ।
आज बिहानैदेखि रानीपोखरीमा टीका लगाउनेहरु भीड बढेको छ । भाइटिकाको दिनमा मात्रै खोल्ने भएकाले पनि यो मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।
दिदीबहिनी नहुनेका लागि भाइटीका लगाउन काठमाडौंको रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिर दिनभर खुला रहने भएको छ । बाल गोपालेश्वर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाको भक्तजनका लागि वर्षमा एक पटक खुल्ने गर्दछ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।