
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २ लाख ५ हजार रुपैयाँ प्रतितोला पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन शुक्रबार ७ हजार १०० रुपैयाँले बढेर २ लाख ५८ हजारमा कारोबार भइरहेको छ । यो सुनको मूल्यमा नयाँ किर्तिमानी हो ।
बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।
शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।