
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का उपमहासचिव प्रकाश दुलालले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई बर्खास्त गर्न सरकार समक्ष माग गरेका छन् ।
बिचौलिया पठाएर घुस माग्ने गरेको भन्दै उनले सरकार समक्ष बर्खास्त गर्न माग गरेका हुन् । जेनजीको सरकार भए बर्खास्त गर्न माग गरेका हुन् ।
‘अध्यक्षको नाममा कमिसन मागियो भनेर हामीले सार्वजनिक गर्दा नै बोर्ड अध्यक्षले राजीनामा दिनुपर्थ्यो,’ उनले भने, ‘ तर उहाँ कमिसन उठाउन पाइन्छ भनेर बसिरहनुभएको छ । नयाँ सरकारले बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई तत्काल बर्खास्त गर्नुपर्छ ।’
सेयर निष्कासनमा ढिलाई हुँदा विगत २८ महिनादेखि जलविद्युत कम्पनीको आईपीओ र राइट सेयर निष्कासन नियमित हुन सकेको छैन ।
इप्पानका अनुसार हालसम्म ९७५ मेगावाट क्षमताका ४३ कम्पनीको आईपीओ र ७ कम्पनीको राइट शेयर गरी कुल ५० कम्पनीको करिब २३ अर्ब २७ करोड ८ लाख बराबरको धितोपत्र निष्कासन हुन सकेको छैन ।
समयमै सेयर जारी नहुँदा ब्याज रकम वृद्धि, लागत वृद्धि र राजस्व आम्दानी गुमेको कारण ऊर्जा क्षेत्रले १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाएको इप्पानको भनाई छ ।