Nepal Purbadhar

भोटेकोसी पावर कम्पनीले भन्यो-जेनजीको नाममा निशुल्क सेयर दिइएको होइन


काठमाडौं । भोटेकोशी पावर कम्पनी प्राईभेट लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीका स्थानीय बासिन्दाहरुको प्रतिनीधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्राईभेट लिमिटेड (BKPC) बीच निःशुल्क सेयर दिने गरी सहमति भएको भन्ने बारेमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

कम्पनीले दुवै कम्पनीबीच निःशुल्क सेयर लिने दिने सहमति नभएको स्पष्ट पार्न पारेको छ । कम्पनीका अनुसार भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले BKPC को १० (दश) प्रतिशत सेयरको लागि आवेदन दिन अगाडी जलविद्युत उत्पादन क्षेत्रका स्थानिय तहका प्रत्यक्ष प्रभावित स्थानिय जनतालाई उपरोक्त पब्लिक लिमिटेड कम्पनीको सेयरधनी बनाईसकेपछि BKPC ले प्रति सेयर बराबर अंकित मुल्य रु १००।– रहेको सेयर १० (दश) प्रतिशत मात्र उल्लेखित पब्लिक लिमिटेड कम्पनी लाई बिक्रि गर्ने र सो पब्लिक लिमिटेड कम्पनीले उल्लेखित सेयर खरिद गर्नको लागि चाहिने ऋण बैकबाट लिने र सो ऋणको लागि कम्पनीले जमानी मात्रको व्यबस्था मिलाउने सहमति भएको छ ।

निर्माण सम्पन्न भईसकेको आयोजना भएकोले द्यप्एऋ ले बार्षिक रुपमा वितरण गर्ने लाभांसबाट १० (दश) प्रतिशत सेयर वापत उक्त पब्लिक लिमिटेड कम्पनीले पाउने रकम सोही पब्लिक लिमिटेड कम्पनीले लिएको ऋण तथा ब्याज तिर्नका लागि उपयोग गर्ने गरी सहमति भएकोले यसलाई निःशुल्क सेयर दिने गरी सहमति भएको भन्ने भ्रममा नपर्न कम्पनीले अनुरोध गरेको छ ।


Read Previous

आकाश खुलेपछि नुवाकोटको सुइरेचौर बाट यस्तो देखियो हिमाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar