Nepal Purbadhar

जेन–जीको नाममा एउटा समूहले लियो भोटेकोशी जलविद्युतको १० प्रतिशत सेयर


सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिकास्थित ४५ मेगावाट क्षमताको भोटेकोशी जलविद्युत आयोजनामा स्थानीय समूह ‘जेन–जी’ ले १० प्रतिशत सेयर स्वामित्व लिएको छ ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विक्रम स्थापितका अनुसार उक्त समूहले प्रति सेयर १०० रूपैयाँका दरले करिब १९ करोड रूपैयाँ बराबरको सेयर प्राप्त गर्ने सम्झौता भएको हो।

गत भदौ २५ गतेदेखि भोटेकोशी गाउँपालिकाको एक स्थानीय समूहले ‘जेन–जी ग्रुप’ को नाममा १० प्रतिशत निःशुल्क सेयरको माग गर्दै आयोजना सञ्चालन रोक्दै आएको थियो । लामो समयदेखि रोकिएका कामका कारण प्रभावित क्षेत्रका समस्या समाधान गर्न आयोजनाले स्थानीयलाई दिने भनिएको ६ प्रतिशत सेयरमा थप ४ प्रतिशत वृद्धि गरी १० प्रतिशत सेयर दिन सहमति गरेको सिइओ स्थापितले जानकारी दिए ।

उनका अनुसार आयोजना निर्माणको प्रारम्भिक चरणमा स्थानीयलाई सेयर दिने कानुनी व्यवस्था नभए पनि २०७१ सालमा स्थानीय आन्दोलनपछि ६ प्रतिशत सेयर दिने सहमति भएको थियो। तर स्थानीयले त्यसबेला कम्पनी दर्ता नगरेकाले सेयर वितरण हुन सकेको थिएन ।

“अब त्यो ६ प्रतिशतमा थप ४ प्रतिशत मिलाएर जेन–जी पब्लिक इन्भेष्टमेन्ट लिमिटेडलाई सेयर दिइएको हो,” स्थापितले भने।

उनका अनुसार जेन–जी कम्पनीले यो सेयर खरिदका लागि बैंक ऋण लिनेछ, जसको ग्यारेन्टी (जमानी) भोटेकोशी जलविद्युत आयोजनाले गर्ने व्यवस्था गरिएको छ।

Bhotekoshi-1

Read Previous

डेडिकेटेड ट्रंकलाइन विवाद: बक्यौता नतिर्ने सबै उद्योगमा लाइन काटिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar