Nepal Purbadhar

फागुनमा घोषणा भएको निर्वाचनको लागि मतदाता नामावलीमा दर्ता गर्न मानिसहरुको निर्वाचन कार्यालयमा भिड


काठमाडौं । फागुनमा घोषणा भएको निर्वाचनको लागि मतदाता नामावलीमा दर्ता हुनको लागि मानिसहरुको भीड निर्वाचन कार्यालयमा लागेको छ ।

निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने सूचना जारि गरे संगै मतदाताको भीड बढेको हो ।

निर्वाचन आयोगको अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने सूचनामा उल्लेख छ। फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने जनाएको छ।


निर्वाचन आयोगका अनुसार काठमाडौं उपत्यकाभित्र मिनभवनमा रहेको जिल्ला निर्वाचन कार्यालय, जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय, ललितपुर र सल्लाघारी सिर्जनानगर स्थित जिल्ला निर्वाचन कार्यालय, भक्तपुरमा निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने छ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


Read Previous

कवाडखानाजस्तो देखियो जलेको संसद भवन, आन्दोलनमा आगजनी गरिएका सवारीसाधनको थुप्रो

Read Next

११ हजार ६३७ जना विद्यार्थीको आँखा जाँच्दा १,२६० जनामा दृष्टि सम्बन्धी समस्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar