
काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड चरणबद्ध रूपमा निष्कासन गर्न स्वीकृति दिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ऊर्जा बण्ड निष्कासको अनुमति दिएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणको जलविद्युत् आयोजना निर्माणको लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड चरणबद्ध रुपमा निष्काशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।’
