
काठमाडौं । असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बीपी राजमार्ग अन्तर्गतको चौकीडाँडा सडक क्षेत्रमा धमाधम काम भइरहेको छ ।

गत वर्ष असोज ११ र १२ गरेको बाढीले क्षति पुर्याएको सडकमा निर्माण गरिएको डाइभर्सन यस वर्ष बाढीले बगाउँदा बीपी राजमार्ग पूर्ण रुपमा बन्द भएको हो ।

सो राजमार्ग अन्तर्गत प्याकेज १ अन्तर्गत दाप्चा पुल, चारसयबेशी, कटुञ्जे घुमाउने खण्डको सडक डाइभर्सन निर्माण कार्य सम्पन्न भएको र चौकीडाँडा क्षेत्रमा डाइभर्सन निर्माणको काम आज सकिने नबकान्तिपुर जोईन्ट भेञ्चरका प्रतिनिधि जनक भट्टले जानकारी दिए ।
त्यस्तै सोही राजमार्गको प्याकेज २ अन्तर्गत गीम्दीबेशी देखि डल्लाबेशीसम्मको डाइभर्सन सडक पनि आजै सम्पन्न हुने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

त्यस्तै प्याकेज ३ अन्तर्गत सुख्खा पहिरो देखि माम्ती सम्मको डाइभर्सन सडक निर्माण भोलि सम्म सक्ने र तत् पश्चात् सो राजमार्ग पूर्ण रुपमा संचालन हुने डिभिजन सडक भक्तपुरले जानकारी दिएको छ ।

अहिले सो राजमार्गको चौकीडाँडा क्षेत्रमा जोखिम मोलेर भित्ताबाट पैदल यात्रा गर्दै गन्तव्य पुग्नु पर्ने अवस्था भने गरेको छ ।

खोलामा पानीको बहाव कायम नै रहेका कारण काम गर्न केही कठिनाई रहेको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

