Nepal Purbadhar

रोटे पिङ खेली दसैँ मनाउँदै


काठमाडौ । दशैं सम्पूर्ण नेपालीहरुको लागि विशेष पर्व हो । आफन्त, साथीभाईहरुसँग भेटघाट, ठूलाका हातबाट आशीर्वाद स्वरूप टीका, जमरा, खानपिनसँगसँगै पिङ खेली दशैं मनाउने गरिन्छ ।

दशैंमा गाउँघरमा थालिएको पिङ आकर्षक र मनोरञ्जनको साधनको रुपमा रहने हुँदा पिङ खेली रमाउने प्रचलन रहेको छ ।

गाउँघरमा विशेष गरी लिङ्गे पिङ, रोटे पिङ थापिने गरिन्छ । लिङ्गे पिङ बाँस र डोरी प्रयोग गरी बनाइएको हुन्छ भने रोटे पिङ काठको प्रयोग गरी बनाइएको हुन्छ ।

यसरी दशैं र तिहारमा मात्र बनाइने पिङ अरु समयमा खेल्न नपाउने हुँदा गाउँघरमा यति बेला पिङ खेल्नेको भीड लाग्ने गर्दछ ।

दशैंमा एक पटक घर्ती छोड्नु पर्ने मान्यता र जनविश्वासका कारण पनि दशैं तिहारमा पिङ खेल्ने गरिन्छ ।

गोरखा जिल्ला अजिरकोट सिरनडाँडामा पिङमा रमाउँदै सर्वसाधारण ।


Read Previous

प्रधानमन्त्री सुशीला कार्की टीकाको दिन जेनजी आन्दोलनमा मृत्यु भएका शहीद परिवारलाई भेटन गइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar