Nepal Purbadhar

गोंगबु बसपार्कमा गाउँ फर्कनेहरुको भीड, अग्रिम टिकट बुकिङ नखुल्दा यात्रु सास्ती भोग्दै


काठमाडौं । महान चाड दशैं आँगनमै आइसकेको छ । यतिबेला काठमाडौं उपत्यका छाड्ने सर्वसाधारणको भीड सडक र बसपार्क दुवै स्थानमा देखिन थाली सकेको छ ।

जेन जी आन्दोलन, बाटोको अवस्था लगायत विभिन्न कारणले यस वर्ष अग्रिम टिकट बुकिङ खुल्ला गरिएन, जसका कारण यात्रुहरुले नयाँ बसपार्कमा सास्ती भोग्नु परेको छ ।

नयाँ बसपार्कमा यात्रुहरु घण्टौंसम्म बस पर्खनु पर्ने अवस्था आएको छ ।

चाडपर्व आएसँगै कर्म थलोबाट जन्म थलो फर्कन लागेका यात्रुहरुले अग्रिम टिकट बुकिङ खुल्ला नगरेकोमा गुनासो समेत गरेका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


Read Previous

ड्रोनबाट यस्तो देखियो कैलालीको टीकापुर र बर्दियाको राजापुरलाई जोड्ने सत्तीघाट पुल

Read Next

सडकका २३४ रुग्ण ठेक्का तोडिंदै, समयमा निर्णय नगर्ने कर्मचारीमाथि पनि छानबिन हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar