Nepal Purbadhar

पूजाआजा गरी कोटेश्वर प्रभागमा पुनर्स्थापित गरियो प्रहरी, फूलमालाले स्वागत र सम्मान


काठमाडौं । २०८२ भाद्र २४ गते तोडफोड र आगजनी भै क्षतिग्रस्त भएको कोटेश्वर प्रभागको पुनर्निर्माण गरि त्यहाँ कार्यरत प्रहरीहरुलाई पुनस्थापना गराइएको छ ।

आज बिहीबार पूजाआजा समेत गरी प्रहरीहरुलाई पुनर्स्थापित गराइएको हो । सो अवसरमा प्रहरीहरुलाई मालाले सम्मान गरिएको थियो । साथै दिवंगत प्रहरीलाई श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

आन्दोलनका क्रममा देशका सयौं प्रहरी कार्यालय जलाइएका थिए । जलाइएका चौकीहरु स्थानीय र अन्य दाताको सहयोगमा धमाधम पुनर्स्थापित भइरहेका छन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

राजमार्गहरु बन्द हुँदा दशैंमा घर जानेहरुका कारण हवाई चाप बढ्यो

Read Next

भृकुटी मण्डप खुल्ला बजार चहलपहल छ, व्यापार छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar