Nepal Purbadhar

तुइन खोलामा भीषण पहिरो, अवरुद्ध राजमार्ग खुलाउन समय लाग्ने


काठमाडौं । नाराणयगढ-मुग्लिन सडकको तुइन खोलामा भीषण पहिरो जादा राजमार्ग अवरुद्ध बनेको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुख्खा पहिरो निरन्तर खसी रहेकोले दुईतर्फ सडक अवरुद्ध भएको छ।

तुइनखोलामा शुक्रबार साँझ ६:०० बजेदेखि निरन्तर खुक्खा पहिरो खसिरहेको छ । निरन्तर खसेको सुक्खा पहिरो पन्छाएर राजमार्ग खुलाइए पनि मंगलबार अपरान्ह फेरि सुक्खा पहिरो खसेको हो ।

सडक विभागका अनुसार पहिरोका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ । विभागका सहसचिव प्रभात झाका अनुसार अहिले वैकल्पिक रुट व्यवस्थापनको काम भइरहेको छ । यो पहिरो हटाउन २ दिन लाग्ने अनुमान गरिएको छ।


Read Previous

सुनकोशी मरिण डाइभर्सन र भेरी बबईका ठेक्का तोड्ने तयारी

Read Next

अरनिको राजमार्ग: कोदारीको पहिरोका कारण स्थानीय र व्यापारीहरुलाई सधैंको सास्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar