
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले पदबहाली गरेका छन् ।
मंगलबार उनले पदबहाली गरेका हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो । हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा नियुक्ति दिएर सिलवाललाई प्राधिकरणको जिम्मेवारी दिइएको हो ।

सिलवाल प्राधिकरणकै उपकार्यकारी निर्देशकबाट रिटार्यड कर्मचारी हुन् । उनी प्राधिकरणलाई राम्ररी बुझेका व्यक्ति हुन् । निर्णय क्षमतामा अब्बल सिलवालको काँधमा विद्युत प्राधिकरणको जिम्मेवारी आएको छ ।
