
देशकै प्रमुख नाकाको रुपमा रहेको तातोपानी नाका जोड्ने प्रमुख सडकको अवस्था दयनीय रहेको छ ।

नेपाल चीन सीमा क्षेत्र जोड्ने सिन्धुपाल्चोक जिल्लाको सो सडक खण्डको दाकलाङ र कोदारी पहिरो सो सडक खण्डको प्रमुख समस्या हो भने अन्य स्थानमा पनि पहिरो, सडक भासिएको अवस्थामा रहेको छ ।

दुई महिना अगाडी देखाएको कोदारी पहिरो (इको पहिरो) ले सडक अवरोध हुँदा सयौ कन्टेनर सीमाक्षेत्रको लिपिङ बजारमा अड्किएका थिए भने, अस्थायी रुपमा बाटो मर्मत गरेसँग कन्टेनरहरु सुख्खा बन्दरगाहमा आइपुगेका छन् ।




