Nepal Purbadhar

जल तथा ऊर्जा आयोग सरुवा भएका शाक्यको सेवा सुविधा नघट्ने, कति पाउँछन् तलब भत्ता ?


काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोग सरुवा गर्ने निर्णय भयो ।

चौतर्फी रुपमा हटाएको भन्दै चर्चा भएपनि उनलाई सरकारले जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको सदस्य पदको जिम्मेवारी दिएको हो । उनको विज्ञतालाई ख्याल गर्दै ऊर्जा आयोगको जिम्मेवारी दिइएको हो ।

उनले प्राधिकरणको कार्यकारी निर्देशक हुँदा खाइपाइ आएको सेवा सुविधा नघट्ने गरी आयोगको सचिव सरह विज्ञ सदस्य बनाउने निर्णय गरिएको छ ।

त्यसो भने उनले कति पाउँछन् तलब भत्ता ?

उनले मासिक तलब ७३ हजार ७३० रुपैयाँ पाउनेछन् । व्यवसायिक भत्ता २ लाख २१ हजार १९० रुपैयाँ पाउनेछन् । कुल उनले २ लाख ९४ हजार ९२० रुपैयाँ पाउनेछन् ।


Read Previous

चीन जोड्ने कोदारी राजमार्ग सञ्चालनमा आयो

Read Next

यस्तो छ चीन जोडिने बाह्रविसे तातोपानी सडकको अवस्था, हेर्नुस तस्बिरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar