Nepal Purbadhar

सेरेसको आइटोद्वारा चोंगकिंगदेखि जकार्तासम्म ईभी रोड टुरको सुरुवात


काठमाडौं । चिनियाँ अटो कम्पनी सेरेस र यसको इलेक्ट्रिक भेहिकल ब्रान्ड आइटो ले चोंगकिंगबाट जकार्तासम्मको ठूलो ईभी रोड टुर सुरु गरेका छन्।

यो यात्राको उद्देश्य विभिन्न बाटो र भौगोलिक अवस्थाबाट गुज्रिँदा आइटो गाडीको क्षमताको परीक्षण गर्नुका साथै चीन र इन्डोनेसिया बीचको ७५ वर्षे कूटनीतिक सम्बन्धलाई सम्मान गर्नु पनि हो । यसमार्फत क्लिन इनर्जीमार्फत चल्ने गाडीहरूले क्षेत्रीय आवागमन, सांस्कृतिक र आर्थिक विकासलाई कसरी सहयोग पुर्‍याउन सक्छन् भन्ने देखाउन खोजिएको छ।

“ओपन द वे विथ आइटोनाम दिइएको यो यात्रा विभिन्न एसिएन राष्ट्रहरू हुँदै अन्ततः जकार्ता पुग्नेछ। गन्तव्यसम्म पुग्न करिब पाँच हजार किलोमिटरको दुरी तय गर्ने यो यात्राले आइटोका आधुनिक ईभी मोडलहरू देखाउने मात्र होइन, लामो दूरीमा पनि विद्युतीय गाडी सहजै चलाउन सकिने प्रमाणित गर्ने लक्ष्य लिएको छ । यो अभियान एसियामा दिगो यातायात प्रणालीतर्फको ठूलो कदम पनि हो ।

यस रोड टुरमा आइटो का नयाँ मोडलहरू आइटो एम फाइभ, आइटोएम सेभेन र आइटो एम नाइन प्रदर्शन गरिने छन्। यी गाडीहरू अति नयाँ ईभी प्रविधिबाट बनेका छन् जो ऊर्जा खपतमा किफायती मात्र नभई शक्तिशाली प्रदर्शन गर्न पनि सक्षम छन्। आइटोले विभिन्न प्रकारका सडक र मौसमी अवस्था पार गर्दै गर्दा कम्पनीले यी गाडीहरूलाई सहरका बाटो मात्र होइन, अन्तरदेशीय यात्रामा समेत प्रयोग गर्न सकिन्छ भनेर देखाउन खोजेको हो। रियल-वर्ल्डमा गरिने यस्तो परीक्षणले गाडीहरू टिकाउ र भरपर्दो हुनेमा ग्राहकलाई ढुक्क गराउनेछ ।

रोड टुरको अर्को महत्त्वपूर्ण उद्देश्य भनेको आइटो गाडी कसरी उच्चस्तरको उत्पादन प्रक्रियाबाट निर्माण हुन्छन् भन्ने देखाउनु हो । कम्पनीले आफ्नो उत्पादन प्रणालीमा ३,००० भन्दा बढी रोबोट र १,००० भन्दा बढी स्मार्ट उपकरण प्रयोग भएको र केही प्रक्रियामा १००% अटोमेसन गर्न सक्ने क्षमतामा जोड दिएको छ । यो स्तरको अटोमेसनले सवारीसाधन उत्पादन प्रक्रियामा शुद्धता, निरन्तरता र सुरक्षा सुनिश्चित गर्छ । साथै, यस्ता उन्नत प्रक्रिया र अटोमेसनले कम्पनीको नयाँपनप्रतिको प्रतिबद्धता र अटोमोबाइल क्षेत्रमा अत्याधुनिक प्रविधि प्रयोग गर्ने दृष्टिकोणलाई झल्काउँछ।

यो रोड टुरले केवल प्रविधि वा मार्केटिंगको पक्षलाई मात्र बोकेको छैन, यसको सांकेतिक अर्थ पनि छ । चोंगकिंगलाई जकार्तासँग जोडेर यसले चीन र दक्षिणपूर्वी एसियाबीचको सम्बन्ध अझ बलियो बनाउन सहयोग गर्नेछ । साथै, इन्डोनेसिया-चीन कूटनीतिक सम्बन्धको ७५ औँ वर्षगाँठ मनाइरहँदा यस यात्राको महत्व अझ गहिरो बनेको छ। यो गाडी वा प्रविधिको मात्र कुरा होइन, यो त आपसी मित्रता, सहकार्य र साझा प्रगतिको बारेमा हो ।

यस साहसी यात्रामार्फत आइटोले विद्युतीय गाडीलाई अझ बढी विश्वासिलो बनाउन र क्लिन यातायात प्रणालीलाई अंगाल्न प्रोत्साहन गर्ने आशा राखेको छ। आसियान क्षेत्र दिगो संरचना र ग्रीन भविष्यतर्फ अघि बढ्दै गर्दा, यस्ता रोड टुरहरूले ईभीको फाइदा जनतामाझ पुर्‍याई दीगो भविष्यमा ठूलो योगदान पुर्‍याउनेछन्।

Facebook Comments

Read Previous

तीनवटै विकासे मन्त्रालयका अलपत्र पारिएका ठेक्का तोड्दै कुलमान

Read Next

कुलमानको उपस्थितिमा यातायात व्यवस्था विभागमा सफाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar