
काठमाडौं । हिन्दुहरुको महान चाड दशैं तिहार सुरु भए सँगै काठमाडौं को नयाँ बसपार्कमा राजधानी छोड्ने सर्वसाधारणको भीड लाग्न थालेको छ ।

भदौ २३ र २४ गते उपत्यकामा भएको जेन जी आन्दोलन र त्यसको प्रभावका कारण दशैं आउन २ हप्ता जस्तो बाँकी हुँदा पनि सर्वसाधारणहरुले उपत्यका छोड्ने तयारीमा देखिन्छन् ।

प्रतिकूल परिस्थितिका कारण यस वर्ष पहिले को वर्ष जस्तो अग्रिम टिकट बुकिङ खुल्ला नगरिए पनि ५ -६ दिन अगाडी टिकट बुकिङ गर्ने सकिने व्यवस्था रहेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी









