Nepal Purbadhar

डोङफेङ मोटरद्वारा इजिप्टमा नौ वटा नयाँ मोडेल सार्वजनिक


काठमाडौं । डोङफेङमोटरले इजिप्टको कायरोमा आयोजना गरिएको एक विशेष कार्यक्रममा आफ्ना नौ वटा नयाँ मोडेल आधिकारिकरूपमा सार्वजनिक गरेको छ।

उक्त कार्यक्रममा “इस्ट विन्ड इनफिनाइट वर्ल्ड” भन्ने थिममा इजिप्टइन्टरनेशनल एक्जिबिसन सेन्टरमा सम्पन्न भएको थियो।

यस कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयुभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र हाइब्रिडगाडीहरू प्रस्तुत गरिएको थियो। प्रस्तुत गरिएका मोडेलहरूमा मेग आइसिइ र साइन आइसिइ समावेश थिए भने डोङफेङ बक्स, डोङफेङ ००७, मेग इभी, भोयाह फ्रि, भोयाह ड्रिम, भोयाह प्यासन र एमहिरो ९१७ जस्ता इलेक्ट्रिक तथा हाइब्रिड गाडीहरू पनि प्रदर्शन गरिएको थियो।

उद्घाटन कार्यक्रममा सरकारी अधिकारीहरू, व्यवसायी र अटोमोबाइल प्रेमीहरूको ठूलो सहभागिता रहेको थियो। आगन्तुकहरूले नयाँ डिजाइनहरू नजिकै बाट हेर्ने, नवीनतम प्रविधिबारे बुझ्नेर डिस्प्ले गरिएका गाडीहरूको अनुभव लिने अवसर पाएका थिए। प्रदर्शनीका विभिन्न क्षेत्रहरूमा डोङफेङका परम्परागत देखि लिएर न्यू इनर्जी गाडीहरू विशेष रूपमा प्रदर्शन गरिएका थिए।

यस लन्चसँगै डोङफेङ मोटरले इजिप्टको बजारमा औपचारिक प्रवेश गर्दै आधुनिक मोबिलिटी सोलुसन्सको बढ्दो माग पूरागर्न विविध उत्पादनहरूको श्रृंखला प्रस्तुत गरेको छ। नौ वटा मोडेलको यसलन्चले कम्पनीले परम्परागत र न्यूइनर्जी गाडीहरू दुवै प्रकारका ग्राहकहरूका आवश्यकतालाई मिल्ने गरी प्रस्तुत गरेको प्रष्ट भएको छ।

यस लन्चकार्यक्रमलाई डोङफेङको अन्तर्राष्ट्रिय उपस्थिति विस्तारगर्ने र इजिप्टको अटो मोबाइल बजार सँग अझ बलियो सम्बन्ध बनाउने दिशामा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

Facebook Comments

Read Previous

जलेको प्रधानमन्त्री कार्यालयमा भोलिदेखी रङरोगन सुरु हुने

Read Next

रियल स्टिलले एक वर्षमा गर्यो १ अर्ब ४० करोड ५० लाखको कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar