
काठमाडौं । ऊर्जामन्त्री हुँदा नेपाली कांग्रेसका नेता दीपक खड्काले नेपाल विद्युत प्राधिकरण माथि हस्तक्षेप गर्न खोलेको कार्यालय ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले बन्द गरिदिएका छन् । पदबहाली भएको दोस्रो दिन नै उनले कार्यालय बन्द गरिदिएका हुन् ।
इतिहासमै पहिलो पल्ट मन्त्री हुँदा खड्काले प्राधिकरणमा कार्यकक्ष बनाएका थिए । प्राधिकरणमा हस्तक्षेप गर्ने नियतका साथ उनले कार्यालय खोलेका थिए ।
उक्त कार्यालय घिसिङ ऊर्जामन्त्री भएर आएपछि बन्द गर्न लगाएका हुन् ।
उनले विद्युत प्राधिकरण प्रधान कार्यालय रत्नपार्कमा रहेको मन्त्री कार्यकक्ष तत्काल बन्द गरी उक्त स्थानलाई प्राधिकरणको प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिएका छन् ।

घिसिङले सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् ।
Facebook Comments