
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङलाई बधाई दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकबाटै बधाई दिएका हुन् । हितेन्द्र देव शाक्य कुलमान घिसिङको पदबहालीमा उपस्थिति नभएको भन्दै चौतर्फी चासो भइरहेको थियो । उनी विदेशमा रहेका कारण उपस्थित हुन सकेका थिएनन् । बिहिबार उनी नेपाल फर्कने कार्यक्रम छ । बिहिबार नै उनले फेसबुकमा बधाई दिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्–
उर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयाँ नेपालको उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाइ छ।
सफल कार्यकाल र उत्तरोतर प्रगतिका लागि हार्दिक शुभकामना साथै संपूर्ण उर्जा क्षेत्रकै सफलता सहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु ।

घिसिङलाई बर्खास्त गरेर सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो । कार्यकाल सकिन ३ महिना बाँकी छदै घिसिङलाई हटाएर शाक्यलाई प्राधिकरणमा ल्याइएको हो । यस शाक्यलाई मन्त्रालय सरुवा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।
विद्युत प्राधिकरणका क्याडर दुवै जना कुनै समयको मिल्ने साथी हुन् । पछिल्लो समय उनीहरुको सम्बन्ध चिसिएको छ । प्राधिकरणमा आएर कुलमानले गरेका कामहरु खोतले कमजोरी खोज्न थालेपछि शाक्यसंग घिसिङ थप रिसाएका हुन् ।
व्यवस्थापनमा अब्बल घिसिङले पहिलो पटक प्राधिकरण सम्हाल्दा लोडसेडिङको अन्त्य गरेर वाहावही कमाएका थिए । भने दोस्रो कार्यकालमा उद्योगीसंग बक्यौता उठाउन खोजेपछि केपी ओली सरकारको निशानमा परेर बर्खास्तीमा सम्म खेपेका थिए ।
घिसिङ भौतिक पूर्वाधार तथा यातायात र शहरी मन्त्रालयको समेत जिम्मा पाएका छन् ।
